राजविराज : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताएका छन् ।
जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा गरिएको विचार गोष्ठीमा नेता कोइरालाले संविधानमा सुधार र समावेशी सहभागितालाई संस्थागत गर्न कांग्रेस अघि बढ्न आवश्यक रहेको बताए ।
उनले सुशासन र आर्थिक विकासका लागि दुई ठूला दलले गठबन्धन गरेको उल्लेख गरे। पार्टीको १५ औँ महाधिवेशन निर्धारित समयमा हुनुपर्नेमा समेत उनले जोड दिए ।
त्यसअवसरमा जय नेपाल फाउण्डेसनका केन्द्रीय अध्यक्ष बद्री आचार्य, मधेस प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता र कोशी प्रदेशका सुनसरी, मोरङलगायत जिल्लाका नेता जिल्ला अध्यक्षको समेत सहभागिता थियो ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया