धरान : नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुने बताएका छन् ।
धरान उपमहानगरपालिका– १५ मा आयोजित साहित्यकार गिरिराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यिक विचारहरू’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले कांग्रेस कमजोर भएमा लोकतन्त्रमाथि जोखिम बढ्न सक्ने धारणा राखे ।
नेता लेखकले लोकतन्त्रलाई सुरक्षित गर्न पनि कांग्रेस बलियो हुन आवश्यक रहेको जिकिर गरे ।
गृहमन्त्री लेखकले वर्तमान सरकार र सत्ता गठबन्धन मुलुकमा सरकारको स्थायित्वमार्फत सुशासन, दिगो शान्ति र समृद्धिका लागि बनेको बताए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया