सरकारमा सहभागी हुनुअघि न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्छः नेता महर

मंगलबार, ०७ चैत्र २०७९
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनुअघि काँग्रेसले पार्टीभित्र छलफल गरेर न्यूनतम साझा कार्यक्रमको आधार तयार पार्नुपर्ने बताएका छन् । तयस्तो आधार तयार पारेर मात्रै सत्ता सत्ता गठवन्धनमा प्रवेश गाराउनु पर्ने उनको भनाइ छ । गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्ने बताए। ‘सरकारमा सहभागी हुनुमात्रै ठूलो कुरा होइन। सहभागी हुनुभन्दा पहिले गठवन्धनका पार्टीबीच छलफल गरेर न्यूनतम साझा कार्यक्रम बनाउनु पर्छ र त्यसपछि मात्र सरकारमा सहभागिता हुदा राम्रो हुन्छ । देशको आर्थिक अवस्था संकटोनुमुख हुदै गएको छ ।जनता मलदेखि ढलसम्मको समस्या भोग्न बाध्य छन्। महँगीले दिनहुँ आकाश छुँदैछ। दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने मजदुरहरूलाई जीवीको पार्जन गर्न नै धौधौ भइसक्यो’ उनले भने। उनले देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरेर गठबन्धन आबद्ध दलहरूमाझ लैजानुपर्ने बताए। उनले गठबन्धनलाई जनताले संविधानको रक्षा, स्थिरता र समृद्धिको अपेक्षासहित मतदान गरेको बताए। चुनावअघि आफूहरू पनि सोही नारा दिएर जनतामाझ गएको उनको भनाइ छ। चुनावअघि पाँच दलीय गठबन्धन भए पनि अहिले १० दलीय गठबन्धन भएकाले सबैको भावनाको सम्मान हुनेगरी गठबन्धन अघि बढ्नुपर्ने उनले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार