राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउने लक्ष्य छ : कोइराला

शनिबार, ११ चैत्र २०७९
काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन् । 'अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यको लागि हो । अरु कुनै स्वार्थ छैन' कोइरालाले भने । नेपाल जेसिसले काठमाडौंमा शुक्रबार आयोजना गरेको 'नेशनल काउन्सुलर एकेडेमी -२०२३' को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता र अवसर अभावले युवा शक्ति विदेश पलायन भैरहेको समेत बताए । कोइरालाले युवा शक्ति पलायन हुँदा देश विकासमा कठिनाइ भएको दुखेसोसमेत पोखे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार