काइ हाभेट्जले लगातार दुई गोल गरी पुनः जर्मनीलाई अग्रता दिलाए । उनले ७३ र ८५औं मिनेटमा गोल गरेका थिए । ८९औं मिनेटमा निक्लस फुल्कर्गले गोल गरे पनि जर्मनीलाई नकआउट चरणमा पुग्न पर्याप्त रहेन ।
यता स्पेनमाथि २-१ गोल अन्तरको जित निकाल्दै एसियाली देश जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ११औं मिनेटमै अल्भारो मोराटाले गरेको गोलबाट पछि परेको जापान पहिलो हाफमा पूर्णतया स्पेनको छायाँमै थियो ।
दोस्रो हाफमा स्पेनको टिकिटाकामाथि हावी देखिएको जापानले सुरुवाती ६ मिनेटमै २ गोल फर्कायो । ४८औं मिनेटमा रित्सु डोआन र त्यसको तीन मिनेटपछि आओ तानाकाले गोल गरेपछि जापानको जित निश्चित बनेको थियो ।
प्रतिक्रिया