                             संयोगले प्रदेश जिल्लाको ‘ख’ क्षेत्रमात्र गठबन्धनीय भागमा पर्यो । खोटाङ अन्यायमा पर्यो भन्ने सबैलाई लाग्यो । मैले सोँचे नेताहरूको बाध्यता पनि कस्तो त १ खोटाङमा एउटा प्रदेशमा मात्र रूख पाइने । अर्को मनले सोँचे– प्रदेश ‘ख’ मा चैँ सभापति नै भएकोले भाग पर्या होला ।
चुनाव त लड्नैपर्छ, आफन्त साथी भाइहरूसँग फोन सम्पर्क गर्न थालेँ । सबैले सकारात्मक जवाफ दिनुभयो । तर सचेत पनि गराउनुभयो – कुन्नि है, अरूले पो टिकट उछिटाउँदैछन् भन्ने सुन्छु । को छ रे नि त, माथि बलियो मान्छे नाता भएको । हो, उसैले टेबल ठोक्दैछ रे नि ! आफ्ना मानिसलाई टिकट दिलाउँन !
मैले भनेँ – वाहियात हो, काँग्रेसमा यस्तो हुँदैन । हामी त्यो पदका सिफारिस भएमध्ये जो भए पनि विरोध गर्न मिल्दैन । तर, सिफारिस नभएकालाई दिन विधानले नै मिल्दैन । तब उनी विश्वस्त बने ।
तर विडम्वना ! काँग्रेसमा पनि चल्दो रहेछ ‘फरिया राजनीति’, व्यवहारमा मैले नै भोगेँ । अब भने शीर्ष नेतृत्वहरूप्रति पनि केही वितृष्णा पलाएकै हो ।
टिकट वितरणको भोलिपल्ट खोटाङका असन्तुष्ट समूहले विज्ञप्ति निकाल्यो, खोटाङमा रूखबाहेक संघ र प्रदेशमै विद्रोह गर्ने । त्यस पछाडि सबै भन्न परेन !
खोटाङमा काँग्रेसको एउटा सँस्कृति मौलाउने निश्चित छ अब । एउटा सँस्कृति जे गरेर हुन्छ टिकट हत्याउने । एउटा लडाई हुन्छ – जिल्लाले सिफारिस गरे बाहेक नातावाद, फरियावाद, चाकडी, चाप्लुसी, नेताको घरको ढोका कुरेर होस सिफारिस नभए पनि टिकट भए हुन्छ । म त्यही लडाईँको एउटा कित्तामा छु, एउटा किनारमा छु ।
नेताहरूले आफ्नोलाई च्यापेर जस्केलाबाट टिकट दिने प्रवृत्तिको घोर विरोधी हुँ म । अन्याय अत्याचार, नातावाद, फरियावाद काँग्रेसमा मौलाए आगामी २०८४ सालमा पुनः यस्तै विकृति दोहोरिएछ भने धारा होइन प्रतीकात्मक चुनाव चिह्न सशक्त विद्रोह हुनेछ ।
तर, जिल्लाको सिफारिस मुताविक टिकट पाएका जो सुकै होस्, रूख चुनावका उम्मेदवारलाई काँधमा बोकेर प्रचार प्रसारमा लाग्नुपर्छ । फेरि भन्छु – जो जसलाई जुन तहमा सिफारिस भएको छ, उसले त्यही उम्मेदवारीको टिकटमा दावा गर्ने हो, ‘चिचिको पनि लोभ पापाको पनि लोभ’ गरेर बिरालोले तर मारेजस्तो गर्ने प्रवृत्तिको म घोर विरोधी हुँ ।
सबैले ख्याल के गर्नुपर्छ भने, विकासको नाममा सँस्कार, पद्दति र समवयको सिद्धान्त मर्यो भने त्यो विकासको के काम । बीपीले विकास गर्ने नाममा प्रजातन्त्रको गला रेटिएको हेर्न नचाहनुकै कारण आजीवन सत्ताबाहिर जेलभित्र रहनुपर्यो । तत्कालीन राजाबाट बीपीलाई पटकपटक प्रधानमन्त्रीको अफर नआएको होइन ।
केही नादान भाइहरू कुनै बाध्यताले हो वा उसकै काँचो कलिलो बुद्दिले हो, बिष्णु राई यो रिसले उ पीडाले यस्तो लेखेछ भनेर प्रतिक्रिया जनाउँछन् । उनीहरूलाई हामीले भ्रमको पर्दाबाट बाहिर निकाल्न हदैसम्म प्रयत्न गर्नुपर्छ । म गर्नेछु !
(विष्णु आभूषण नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति हुन् । यो उनको निजी विचार हो ।)

प्रतिक्रिया