मधेस केन्द्रित चार दलले गठन गरे लोकतान्त्रिक मधेसी मोर्चा

सोमबार, १३ चैत्र २०७९
जनकपुरधाम । मधेस केन्द्रित चार साना राजनीतिक दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीको मोर्चाले ११ बुँदे साझा अवधारणापत्र सार्वजनिक गरेको हो। अवधारणापत्र सार्वजनिक गर्दै तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले मधेसीहरूले आफ्नो आन्दोलनमार्फत मधेसीको वा मधेसको उच्चताको माग नगरी सबैको निमित्त बराबरीको माग गरेको बताए। अवधारणापत्र सार्वजनिक गर्नेक्रममा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर, राष्ट्रय सद्भावना पार्टीका अध्यक्ष दिनेश यादवलगायत चारवटै दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार