महासंघ सुनसरीद्धारा पत्रकारहरूसँग अन्तरक्रिया

मंगलबार, १५ माघ २०८१
इटहरी : नेपाल पत्रकार महासंघ सुनसरीले जिल्लाका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्लाका अग्रज तथा सक्रिय पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित पत्रकारहरूले आआफ्ना समस्या राखेका थिए । उठेका समस्याबारे आफूहरूले सम्बोधन गर्ने र तीन वर्षको कार्यकालमा इतिहासको अभिलेखीकरण गर्ने काफ्लेले बताए । उपस्थित पत्रकाहरूले महासंघले वार्षिक क्यालेन्डर प्रकाशन गरी कार्ययोजना तयार पार्नुपर्ने र पत्रकारहरूको क्षमता अभिवृद्धिका निम्ति तत्कालै काम गर्न आवश्यक रहेको सुझाव दिएका थिए । पत्रकारले आचारसंहितासमेत अध्ययन गर्न आवश्यक रहेको र उक्त आचारसंहिताबारेसमेत जानकारी गराउन आवश्यक रहेको बताइएको थियो । महासंघले विभिन्न संस्थासँग संस्थागत ‘कोलाब्रेसन’ गर्न आवश्यक रहेको र न्यू मिडियाबारे नयाँ पुस्तालाई प्रशिक्षणको आवश्यक रहेको बताइएको थियो । साथै, इतिहासलाई अभिलेखीकरण गर्नुपर्नेसमेत सुझाव दिइएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकारद्वय हर्ष सुब्बा, कृष्णविनोद लम्साल, अग्रज पत्रकारहरू गोपाल देवान, सुविद गुरागाईँ, गोरखापत्र संस्थानका सदस्य सचिन पोखरेल, महासंघका पूर्व केन्द्रीय सदस्य एवम् सुनसरीका सल्लाहकार अमर खड्का, पूर्व केन्द्रीय सदस्य भीषण राईलगायतले पत्रकारको भौतिक सुरक्षाका कुरामा काम गर्न आवश्यक रहेको बताउँदै पत्रकारहरू कुनै पनि विचारबाट प्रभावित भएर समाचारलाई कमजोर बनाउन नहुने धारणा राखेका थिए । यसैगरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई, महासंघका सल्लाहकार गणेश निरौला, महासंघ कोशीका पूर्व सचिव देवेन्द्र कार्की, नेपाल प्रेस युनियन सुनसरी सभापति ध्रुव ढकाल, प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष शुभद्रा प्याकुरेल, फोनिज सुनसरी अध्यक्ष सुनील चौधरी, फोटो पत्रकार समूह सुनसरी अध्यक्ष गुरु ढकाललगायतले बोल्दै पछिल्लो समय स्थानीय तहले मिडियामा अंकुश लगाउने नीति ल्याएकाले त्यसविरूद्ध आवाज उठाउनुपर्ने बताए । मिडियालाई प्रबद्र्धन गर्न महासंघले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ थियो । यसैगरी हिमाल दाहाल, सुरेशचन्द्र दाहाल, दीपक कार्की, मात्रिकाप्रसाद नेपाल, धीरेन्द्र चौधरी, नवराज विष्ट, कृष्ण बहाब, प्रदीप चौधरी, एलिना राई, रञ्जना पौडेल, विवेक भट्टराई, बाबुराम कार्की, तारा लामगादे, उपेन्द्र चाम्लिङ, सुमन पुरी, भोजराज श्रेष्ठ, सन्तोष यादव, सुप्रिया राई, सिर्जना ठाकुर, मिलन अधिकारी, स्वर्णिम राईलगायतले आफ्ना धारणा राखेका थिए । उनीहरूले पत्रकारलाई क्षमता अभिवृद्धिका निम्ति प्रशिक्षण, लेखनवृत्ति प्रदानसहित विभिन्न विषयबारे सुझाव दिए । महासंघ सुनसरीका कोषाध्यक्ष विवेक रेग्मीको संयोजकत्वमा भएको उक्त कार्यक्रम निर्वाचनपश्चातको पहिलो कार्यक्रम हो । उक्त कार्यक्रममा सुझाव टिपोट गरिएको र एक प्रतिवेदन बनाएर सार्वजनिक गरिनेसमेत रेग्मीले जनाए । सचिव विनय बाह्रकोटीका अनुसार उक्त कार्यक्रमले अग्रज पत्रकारहरूसँग नयाँ पुस्ताको परिचयात्मक कार्यक्रमको वातावरणसमेत भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार