यस क्याम्पबाट विराटनगर लगायत कोशी प्रदेशका ग्राहकहरूले विद्युतीय सवारी साधनहरूको नवीनतम् प्रविधि सगँ साक्षात्कार गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो अफरहरूको फाइदा उठाउने अवसर प्राप्त गर्नेछन् ।
श्रीजा अटोमोबाइल्स एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सवारी साधनलाई अपग्रेड गर्ने र दिगो ड्राइभिङको भविष्यतर्फ लाग्ने उत्तम अवसर समेत रहेको आयोजकले जनाएको छ ।
साङ्ग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको सदस्य हो ।
अटो मोबाइल उद्योगमा विश्वासिलो नामका रूपमा, श्रीजा अटोमोबाइल्सले ग्राहकका आवश्यकताहरूलाई सम्बोधन गर्ने सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।
साथै, टेस्ट ड्राइभ बुक गर्नको लागि कम्पनीमा सम्पर्क गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया