आज हुने नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप–विजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।
आज हुने अर्को खेलमा उपाधि दावेदार अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।
प्रतिक्रिया