जिम गर्नेहरु ‘गुण्डा’ हुन् भन्ने सोच बदलिंदै गएको छनेपालमा स्ट्रेन्थ लिफ्टिङको संस्थापक म नै हुँ र वल्र्डको मेम्बर पनि छु । स्ट्रेन्थ लिफ्टिङमा धेरै मेडलहरु जितेका छौं । हालैमात्र श्रीलंका गएरपनि धेरै मेडलहरु लिएर आयौं । इन्डियामा पनि वल्र्ड च्याम्पियनसिप भएको थियो, त्यहाँबाट पनि धेरै मेडल लिएर आयौं । किर्गीस्तानमा भएको प्रतियोगिताबाट मेडलहरु लिएर आयौं । स्ट्रेन्थ लिफ्टिङमा नेपालले धेरै मेडलहरु प्राप्त गरिसकेको छ । यसको भविष्य राम्रो देखिदैछ । धेरै भन्दा धेरै मेडल लिएर आएका छौं । नेपालमा धेरै मेडल भित्र्याउनेमा स्ट्रेन्थ लिफ्टिङ पनि पर्छ । नेपालमा पनि गेम गराइसकेका छौं । दुई वर्ष पहिले नेपालमा भएको प्रतियोगितामा किर्गिस्तान, पाकिस्तान, काजकिस्तान नेपाल र भारतका गरी अढाइसय बढी खेलाडी सहभागि भएका थिए । त्यस हिसाबले यो खेलको भविष्य राम्रो हुँदैछ । यी खेलहरुमा बारेमा धेरै मानिसहरु अनभिज्ञ नै छन् । खासमा के हो यो खेल ? यसलाई आइरन खेल पनि भनिन्छ । फलाम बोक्ने खेल भनेर पनि चिनिन्छ । हिजोआज जिम नजाने युवाहरु कमै होलान । जिमसँग सम्बन्धित खेल हो यो । हिजोआज जिम खेल्न डाक्टर, इन्जिनियर, कलाकारहरु आउन थाल्नुभएको छ । फलाम उचाल्ने आइरन खेल भएकाले धेरैको आकर्षण बढ्दै गएको छ । बुढाबुढीहरु पनि आकर्षित हुनुहुन्छ । पहिले पहिले जिम भन्ने वित्तिकै गुण्डाहरुले मात्र खेल्ने खेल हो भन्ने बुझाइ थियो । अहिले सोच परिवर्तन भएको छ । अहिले स्वास्थ्यलाई राम्रो बनाउनको लागि यतातिर आकर्षण बढेको छ । तपाईंचाही यो खेल क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ ? मिस्टर नेपाल, धर्मश्री उपाधि जितेपछि मैले पछाडि फर्केर हेर्नु परेको छैन् । म अगाडि नै बढिरहेको छु । यो खेलका लागि खानपानमा कत्तिको ध्यान दिनुपर्छ ? बडीविल्डिङमा शरीर मोटाउने र घटाउने दुवै विधि अपनाइन्छ । कसैलाई मोटाउने कसैलाई घटाउने इच्छा हुन्छ । त्यसका लागि डाइटको व्यवस्थापन गर्नैपर्छ । डाइटिङको सेड्युल फलो गर्नुपर्छ । स्ट्रेन्थ लिफ्टिङमा पनि खाने उचाल्ने भन्ने छ । डाइटिङ हुँदैन् । पावरवाला खेल भएकाले यसमा दुई विधा हुने गर्दछ । तौंल बढाउँदा कार्बोेहाइड्रेड धेरै खानुपर्ने हुन्छ । अर्को भनेको चिल्लो धेरै नखाने, कार्बोहाइडेडको मात्रा घटाएर प्रोटिन बढी खाने गर्नुपर्छ । पहिला मलाई थाहा थिएन तर विदेश गएपछि धेरै कुराहरु सिकें । विगत र अहिले खेलमा केही परिवर्तन आएको छ ?
डाक्टर, कलाकार साथै सबै क्षेत्रका व्यक्तिहरु जिम जान थाल्नुभएको छपहिला मेरो जमानामा एक्सरसाइजभन्दा फलाम उचाल्ने काम हुन्थ्यो । आजभोली त जिम रनिङ मेसिन हुन्छ । साइकेलिङ हुन्छ । स्ट्रिम बाथमा नुहाउने पनि हुन्छ । बक्सिङ खेल्ने काम पनि हुन्छ । पहिला भन्दा अहिले धेरै फरक छ । पहिला खाली उचाल्ने मात्र काम हुन्थ्यो, दौडिने केही हुँदैनथ्यो । आजभोली प्रविधिका हिसाबले पनि धेरै फरक आइसकेको छ । जिम जानेहरुको संख्या पनि बढेको छ नि हैन् ? अहिले स्वास्थ्य नै धन हो भन्ने सबैलाई थाहा भएको छ । त्यसले डाक्टरहरुले पनि जिम जान सल्लाह दिनुहुन्छ । डाक्टरहरु आफैं पनि आउनुहुन्छ । फिल्मी कलाकारहरुदेखि लिएर महिलाहरु पनि जिममा आउनुहुन्छ । तपाईं फिल्ममा पनि देखिनुहुन्छ हैन् कहिलेकाहीं ? मलाई पहिला पनि एक दुईवटा फिल्मको अफर आएको थियो । तर कस्तो भयो भने सानो रोल थियो, त्यही भएर खेलिन । लाज पनि लाग्ने रहेछ । त्यसपछि मलाई ‘प्रेसगन्ज’ को अफर आयो त्यसमा एउटा सानो रोलमा रहेको छु । अहिले राजेन्द्र खड्गी दाईको निर्देशनमा एउटा फिल्म बन्दैछ ‘सेभेन भिलेन’ त्यसमा मुख्य भूमिकामै देखिनेछु । बडीविल्डिरहरुलाई फिल्ममा भिलेनकै रोल चाहीं किन ?
मेरो अनुहार र शरीर ‘गुण्डा’को जस्तो भएकाले भिलेन रोल दिइयोमेरो अनुहार नै हेर्नु न भिलेन जस्तो छैन् ? गुन्डा जस्तो देखिन्छु त्यही भएर पनि भिलेनको रोलमा राख्ने होला । जस्तोमा सुहाउँछ त्यसमै राख्ने होला । पात्रले मागे अनुसार खेल्ने हो । जुन मान्छेलाई रेप सिन गर भनेको हुन्छ उसले साँच्चै रेप गरेको होइन नि । क्यामेराको अगाडि गर्ने मात्र त हो । मलाई एउटा फिल्ममा रेप सिन दिएको थियो । त्यसमा मैंले खेल्ने इच्छा देखाएँ तर मेरो श्रीमतीले त्यस्तो सिन नखेल्नु भनेर भनिन् । किन भनेर सोधेको बलात्कारीको बुढी भन्छन् भनिन् । त्यसपछि मैंले त्यो फिल्म खेलिन । उदाहरणका लागि अमरेश पुरी, सुनिल थापा दाईहरु हुनुहुन्छ उहाँहरुलाई त्यस्तै रोल दिएको हुन्छ नि । यो विचमा विदेशमा पनि प्रतियोगिताहरु छ कि ? म यही जुन २२ मा लन्डनमा नेपाल इन्टरनेशनल लिग बडीविल्डिङ गेम हुदैँछ । त्यहाँ जाँदैछु । त्यहाँ हाम्रो अध्यक्ष गंगा गुरुङ हुनुहुन्छ, पुरानो टिम पनि छ उहाँहरुले मलाई बोलाउनु भएको छ । म अहिले कान्तिपुर होलिडेजको ब्राण्ड एम्बेस्टर पनि भएकाले न्युजरल्यान्ड पनि जाँदैछु । पछिल्लो सयम बडीविल्डिङका खेलाडीहरुले सुईमार्फत औषधी लिने गरेको पाइन्छ, यसले कस्तो असर गर्छ ? यस्तो समस्या यस क्षेत्रका विद्यार्थीहरुमा सबैभन्दा धेरै पाउन थालिएको छ । म १५ बर्ष बिदेशमा बसें, विदेशमा जिम गर्न थालेको एक महिनामा सानो सानो सुइ हातमा लगाउने गरेको पाएँ । सुइ लगाएपछि एनापोलिक हुन्छ, हार्मोन ग्रोथ हुन्छ । एनापोलिक इस्ट्रोड, टेस्टरेस्ट्रो, डिगा भन्ने धेरै औषधीहरु छन् । यसबारे मलाई थाहा थिएन् । इस्ट्रोड र अन्य औषधी मिलाएपछि मान्छेको तीन महिनामा नै मसल निस्किने रहेछ । मान्छे नै अर्कै हुन्छ । नेपालमा पनि त्यसको प्रयोग सुरु भएको छ । रोक्न सकिन्न । खेलकुद परिषदबाट नै प्रयास गरिनुपर्छ । मैंले भन्दा साथीहरु रिसाउनुहुन्छ । स्ट्रोरेड लगाउनु राम्रो होइन, ग्रोथ हार्मोन राम्रो होइन । यो लगाउन्जेल हुन्छ, छाडेपछि मान्छे फेरी भुँडे भइहाल्छन्, यो रेगुलर हुँदैन । पैसा मात्र खर्च हुन्छ । पछि कलेजो, मृगौलामा समस्या हुन्छ । नपुङ्गसकता आउनसक्छ । सकभर नलगाएको राम्रो हो । प्रदेश वा स्थानीय तहमा यो खेलको अवस्था कस्तो छ, सहयोग कतिको मिलेको छ ? म कपिलबस्तुको परे त्यहाँ प्रतियोगिता भयो भने समयोग मिल्छ । अहिले तीन तहको सरकार छ आवश्यकता अनुसार सहयोग गर्नुहुन्छ । नेपालको राष्ट्रिय खेलकुद परिषद्को कुरा गर्यो भने उहाँहरुले धेरै खेलहरुलाइई घटाएर थोरै बनाउँदै हुनुहुन्छ । प्रदेश प्रदेशमा हामीले संजाल पनि विस्तार गरिरहेका छौं । यस कारण सामान्य सहयोग मिलिरहेको छ । सोर्स, फोर्स, पावर त आवश्यक परिहाल्छ । विदेशमा खेल्न जाँदा पनि सामान्य स्पोन्सरहरु भेटिन्छन् । कतिपय स्थानमा आफ्नै खर्चले पनि जानुपर्ने वाध्यता छ । मलाई व्यक्तिगत रुपमा जानलाई धेरै समस्या परेको छैन् ।
प्रतिक्रिया