माछा मार्न गएका युवक नदीमा बेपत्ता

शनिबार, ०३ फागुन २०८१
कालीकोट : कालीकोटमा माछा मार्ने क्रममा तिला नदीमा डुबेर एकजना युवक बेपत्ता भएका छन्। तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीया भोजनबहादुर शाही तिला नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार शनिबार बिहान १० बजे माछा मार्नका नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ। बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर खोजी गरिरहेको भन्दै हालसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए।
स्थानीय प्रशासन, प्रहरी, स्थानीय युवाहरूको सक्रियतामा बेपत्ता शाहीको खोजी भइरहेको तिला गुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार