बिर्तामोड : नेकपा एमालेले झापाका विभिन्न स्थानीय तहमा ‘जेनजीको आवाज’ सुन्ने र सम्बोधन गर्ने उद्देश्यसहित नयाँ राजनीतिक अभियानको थालनी गरेको छ । पालिका स्तरीय नगर कमिटीको आयोजनामा झापाका विभिन्न स्थानीय तहले मोटरसाइकल¥याली सहितका कार्यक्रम आयोजना गर्दै आएका छन् ।
यसैक्रममा नेकपा एमालेले झापाको गरामनी,बिर्तामोड,दमकमा मोटरसाइकल ¥याली सहितका कार्यक्रम आयोजना गरेका छन् भने आज अर्जुनधारामा मोटरसाइकल ¥याली आयोजना गरिएको हो । 
नेकपा एमाले अर्जुनधारा नगरकमिटीको आयोजनामा भएको मोटरसाइकल ¥याली  बिर्तामोडस्थित  महानन्द चोकबाट सुरु भई शनिश्चरे, नारायणयण, खुदुनाबारी बजार परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो ।  
¥यालीपछि आयोजित कार्यक्रममा बोल्दै नेकपा ९एमाले० झापाका अध्यक्ष ा प्रेमबहादुर गिरीले नेपालमा जेन्जी आन्दोलन अपहरणमा परेपछि देश अन्योलमा परेको बताएका छन् । उनले हालको परिस्थितिमा संविधान र लोकतन्त्र अस्तित्वमै छन् कि छैनन् भन्ने गम्भीर प्रश्न उठेको बताए। 
त्यस्तै अनेरास्ववियु कोशी प्रदेश इन्चार्ज नारायण पोखरेलले अहिलेको अन्तरिम सरकार भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको निर्देशनमा बनेको आरोप लगाएका छन्। 
_jRcjLVIIok.jpg)
पोखरेलले नेकपा ९एमाले० भ्रष्टाचारविरुद्धको आन्दोलनमा रहेको बताउँदै आन्दोलनलाई क्षति पु¥याउने वा अराजक गतिविधि गर्ने सबैलाई छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। 
कार्यक्रममा अर्जुनधारा नगर नगरपालिका प्रमुख तथा एमालेका युवा नेता बलदेव सिंह गोमदेनले अब हामीले युवालाई मात्र सम्बोधन होइन, उनीहरूकै आवाजलाई नीति निर्माणमा रूपान्तरण गर्ने बाटो खुलेको भन्दै अहिलेको पुस्ता सुन्ने, बुझ्ने र निर्णयमा सहभागी हुने अभियानमा सगै लानु पर्ने धारणा राखे । ¥र्यालीमा सहभागी युवाहरूले ‘रोजगारी, स्वाभिमान र स्वदेशमै अवसर’, ‘जेनजीको अभियान, एमालेको पहिचान’ जस्ता नारा दिएका थिए । उनीहरूले सामाजिक सञ्जाल र प्रविधिको सदुपयोग गर्दै संगठन विस्तार र जनसन्देश प्रचारमा सक्रिय हुने प्रतिवद्धता जनाए।
कार्यक्रममा नगर कमिटीका पदाधिकारी, जनप्रतिनिधि, महिला र विद्यार्थी संगठनका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कोणसभामा वक्ताहरूले युवाहरूलाई राजनीति प्रति सकारात्मक सोचसहित जोडिन आह्वान गरे। 
यता कानकाई नगरपालिकामा भने नेकपा एमालेले ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा देशव्यापी रुपमा भएको तोडफोड र आगजनीप्रति खेद प्रकट गर्दै एमाले कनकाई नगर कमिटीले आगामी दिनमा यस्ता किसिमका अवाञ्छित गतिविधिका विरुद्ध प्रतिवाद गर्ने भन्दै नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको जनाइएको छ ।
नेकपा एमाले जिल्ला कमिटी झापाका सदस्यद्वय पार्टीका युवा नेता विनोद राणा संयोजक र दीपक चापागाईं सहसंयोजक रहनेगरी नगरस्तरीय सुरक्षा दस्ता गठन गरिएको हो ।
जेनजीका नाममा भएको आन्दोलनमा नेकपा एमालेका धेरैजसो नेता तथा कार्यकर्ताहरु साथै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको घरमा भएको तोडफोड र आगजनीप्रति पार्टीले खेद प्रकट गर्दै दोषीलाई कडा कारबाहीको माग गरिएको नव गठित सुरक्षा दस्ताका संयोजक राणाले जानकारी दिए ।

 कार्यक्रममा पार्टीको जिल्ला कमिटी उपाध्यक्ष शिव ढुंगेलको प्रमुख आतिथ्य रहेको नगर कमिटीको विशेष कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आन्दोलनका विषयमा भएका गतिविधिको जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सहसंयोजक दीपक चापागाईंले गरेका थिए ।
प्रतिक्रिया