बारा-२ बाट रमेश खरेलले गराए उम्मेदवारी दर्ता

सोमबार, २० चैत्र २०७९
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले बारा–२ बाट उम्मेदवारी दर्ता गराएका छन्। वैशाख १० गते हुने प्रतिनिधि सभा उपनिर्बाचनको लागि खरेलले सोमबार रास्वपाबाट उम्मेदवारी दर्ता गराएका हुन्। उनी आफ्ना नेता–कार्यकर्तासहित बाराको जिल्ला समन्वय समितिमा स्थापना गरिएको निर्बाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। बाजागाजासहित पुगेका खरेलका समर्थक तथा रास्वपाका नेता घण्टी बजाउँदै उत्साहित रुपमा उम्मेदवारी दर्ता गराएका थिए। मंसिर ४ गते को निर्वाचनमा खरेल काठमाडौं–१ बाट हारेका थिए। पहिले आफ्नै नेतृत्वको नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए भने अहिले उनी रास्वपाबाट उम्मेदवारी बनेका हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार