यता करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । टिमलाई अर्को चरणमा पुर्याउनका लागि मेस्सीले आवश्यक समयमा शानदार प्रदर्शन गरे ।
युवा स्ट्राइकर जुलियन अल्भारेजले गोल गरे । उनले अष्ट्रेलियन गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै ५७औं मिनेटमा पेनाल्टी एरियाबाट सहज गोल गरेका थिए । विश्वकपको यो खेलसँगै लियोनल मेस्सीले आफ्नो करिअरमा आधिकारिक १ हजार खेल पूरा गरे । मेस्सीको यो करिअरको ७८९औं गोलसमेत हो । लगातार पाँचौं संस्करण फिफा विश्वकप खेलेका मेस्सीले विश्वकपमा गोलसंख्या ९ पुर्याएका छन् ।
अब अन्तिम ४ मा प्रवेश गर्नका लागि अर्जेन्टिना र नेदरल्याण्ड्स खेल हुने छ ।
प्रतिक्रिया