काठमाडौं । उपत्यका ट्राफिक प्रहरीले हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
रामशाहपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ६ वटा मोटरसाइकल र १४ वटा स्कुटर धनीलाई बुझाएका हुन्।
प्रहरीले विभिन्न स्थानमा नक्कली नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीहरू फेला पारेको थियो। चालु आर्थिक वर्षमा हालसम्म ३३७ वटा हराएका सवारी धनीलाई फिर्ता गरिएको छ भने चोरीका ३६ सवारी सहित ५३ जनाविरुद्ध कारबाही अघि बढाइएको छ।
ट्राफिक प्रहरीले सवारी चोरी रोक्न सुरक्षित पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न आग्रह गरेको छ।
प्रतिक्रिया