नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा र पूर्व सचिव पाण्डेको रिट खारेज 

सोमबार, ०४ चैत्र २०८१
इटहरी : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झा र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ । आज सर्वोच्च अदालतका न्यायाधीसद्वय कुमार चुँडाल र महेश शर्मा पौडेलको इजलासले पूर्वगृहसचिव पाण्डेको रिट खारेज गरेको हो भने न्यायाधीश विनोद शर्मा र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले झाको रिट खारेज गरिदिएको हो । रिट खारेजसँगै झा र पाण्डे थुनामै बस्नुपर्ने भएको छ ।May be an image of 2 people

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार