मोरङमा आफ्नै बुबामाथि छोराको चक्कु प्रहार, अवस्था गम्भीर

सोमबार, ०४ चैत्र २०८१
विराटनगर : मोरङको रंगेलीमा छोराले आफ्नै बाबुमाथि चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट बुवाको अवस्था गम्भीर बनेको छ । रंगेली नगरपालिका–७ का ३५ वर्षीय अशोक चौधरीले बुवा ६१ वर्षीय चन्देश्वर चौधरीलाई सोमबार दिउँसो चक्कु प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरायसी विवादका क्रममा छोराले बाबुमाथि चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कस्तो खालको घरायसी विवाद हो भन्ने प्रहरीले खुलाएको छैन । छोराले चक्कु प्रहार गर्दा चन्देश्वरको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको डिएसपी जोशीले बताए । उनका अनुसार बुवालाई चुक्क प्रहार गर्ने अशोकलाई चुक्कसहित पक्राउ गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार