काठमाडौँ । सिन्धुपाल्चोकमा हालै समातिएको थान भेप भाटभटेनीका साहु मीनबहादुर गुरुङको भएको खुलेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झा र नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले सो दाबी गरेका हुन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेलाई जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरुङको समान ल्याइरहेको ट्रकबाट उक्त समान बरामद भएको दाबी गरेका हुन ।
‘भाटभटेनी सुपर स्टोरको समान लिएर आएको ट्रकबाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाई संरक्षण नगरियोस् भन्न चाहन्छु’ झाले भने ।
एमालेका जग्गा दाता मीनबहादुर गुरुङको समान लिएर आएको ट्रकमा अवैध भेप भेटिएको छ, जग्गा दाता भने पछि कुनै कारबाही नहुने हो कि के हो ?’ सांसद झाले प्रश्न उठाएका हुन् ।
‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बाह्रबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साहुको भएको खुलेको छ, यसमा छानबिन गर्न जरुरी छ,’ उनले भने ।
प्रतिक्रिया