बाराबाट १०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

विहीबार, ०७ चैत्र २०८१
बारा : बाराको पचरौता नगरपालिका–३ रामनगरबाट सशस्त्र प्रहरीले करिब १ सय ३ किलो गाँजासहित ट्रकलाई नियन्त्रणमा लिएको छ । गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले ना. ८ ख ९०२७ नम्बरको ट्रकमा परीक्षण गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो । रामनगरबाट कोटवालीतर्फ जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा चाकल बस्ने सिटको वर्नर भित्र र ट्रकको हुडमा लुकाएर लैजाँदै गरेको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा तथा ट्रकलाई थप अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको  छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार