काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

विहीबार, ०७ चैत्र २०८१
काठमाडौं : काठमाडौंको  टोखामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका–३ सूर्यदर्शन हाइटस्थित कुलमाया तामाङको कोठामा जुवा खेल्दै गरेका तामाङसहित १० जनालाई प्रहरीले ७८ हजार रुपैयाँ नगद र ५ बुक ताससहित पक्राउ गरेको हो। यस्तै, टोखा नगरपालिका–८ गैरीगाउँस्थित अमृता खरेलको घरमा जुवा खेलिरहेका थप ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ७४ हजार रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार