काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८२ का लागि दुर्लभ ऐतिहासिक तस्बिरहरु समावेश गरिएको क्यालेन्डर सार्वजनिक गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित कार्यक्रममा क्यालेन्डर विमोचन गरेका हुन्।
यस क्यालेन्डरमा दशकौं अघिको नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यास झल्काउने तस्बिरहरु समावेश छन्। यी तस्वीरहरुले समयक्रमसँगै बदलिएको नेपाली समाजको चित्रण गर्दै नयाँ पुस्तालाई विगतको जीवनशैली र संस्कृतिबारे जानकारी दिने उद्देश्य राखिएको छ।
क्यालेन्डर सार्वजनिक कार्यक्रममा अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली कला, संस्कृति तथा सभ्यताको संरक्षण र प्रवद्र्धन गर्दै आएको बताए। उनले विगतमा पनि बैंकले नेपाली कला तथा संस्कृतिसम्बन्धी विषयवस्तु समेटेर क्यालेन्डर प्रकाशन गर्ने गरेको स्मरण गराउँदै नेपाली सभ्यताको प्रवद्र्धन आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य, उच्च व्यवस्थापन टोली तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो। सतहत्तरै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंक निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकका आधारमा सबैभन्दा ठूलो वाणिज्य बैंक हो। बैंकले देशभरका १ हजार १०० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा दिँदै आएको छ।
बैंकले ५० लाखभन्दा बढी ग्राहकलाई विभिन्न सेवा तथा सुविधामार्फत लाभान्वित गरिरहेको छ। साथै, अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको छ।
प्रतिक्रिया