रमजानको अवसरमा खाद्यान्न सामग्री वितरण

विहीबार, ०७ चैत्र २०८१
इटहरी : माई क्येर मलेसियाको तर्फबाट हेस्रा नेपाल संस्था र दुहबी ९ को सहयोगमा खाद्यान्न सामग्री वितरण गरिएको छ । छातावेली  टोलका गरिब तथा विपन्न परिवारमा दाल, चामल, चिनी, नुन, तेल लगायतका खाद्यान्नका सामग्री वितरण गरिएको हो । नजिकिँदै गरेको मुस्लिमहरूको चाड रमजानको अवसरमा गरिब तथा विपन्न एक सय घर मुस्लिम समुदायमा रमजान फुड प्याकेज वितरण गरिएको कार्यक्रम संयोजक थानेश्वर ओझाले जानकारी दिए । खाद्यान्न वितरण कार्यक्रममा प्रोजेक्ट अध्यक्ष अमिरुल इस्लामका साथै दुहबी ९ का जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार