पाँचथर : बिहीबार सुरु भएको एसइई परीक्षामा पाँचथर जिल्लाबाट २ जना दृष्टिविहीन विद्यार्थी सहभागी भएका छन् ।
सदरमुकाम फिदिम ४ स्थित गडी माध्यमिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थी सुखबोध मावि जोरसाल केन्द्रबाट परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए ।
उनका अनुसार सोही केन्द्रबाट एक जना अर्का एक विशेष प्रकृतिका विद्यार्थी ( रक्त क्यान्सर भएका) विद्यार्थी पनि सामेल भएका छन् ।
यो वर्ष पाँचथरमा नियमित तर्फबाट विद्यार्थी १३९४ छात्रा र ११५३ छात्र गरी २४६६ तथा ग्रेडबृद्वी तर्फ ८६ छात्रा र ११३ छात्र १९९ परीक्षार्थी सामेल भएका छन् ।
जिल्लामा यो वर्ष एसइई परीक्षाका लागि १९ वटा केन्द्र तोकिएको भट्टराईले बताए ।
प्रतिक्रिया