काठमाडौं । नेपाली शैक्षिक परामर्श सेवामा अग्रणी ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशनले ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड प्राप्त गरेको छ।
फेयर एक्सप्रेस मासिक पत्रिकाद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्रेस इन्टरनेशनललाई विश्वव्यापी शैक्षिक सेवामा नेपालबाट उत्कृष्ट योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
काठमाडौंको र्याडिसन होटलमा आयोजित समारोहमा संस्थाका सह-संस्थापक तथा संचालक एन्ड्र्यु पौडेलले अवार्ड ग्रहण गरे।
विद्यार्थीलाई गुणस्तरीय परामर्श, सही मार्गदर्शन, र उच्च शिक्षाका अवसरहरू उपलब्ध गराउँदै आएको ग्रेस इन्टरनेशनलले अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशहरूमा अध्ययनको अवसर प्रदान गर्दै आइरहेको छ। संस्थाका संचालक पौडेलले यो अवार्डले आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको बताए।
नेपाललाई विश्वव्यापी शिक्षामा अगाडि बढाउने लक्ष्यसहित, ग्रेस इन्टरनेशनलले विद्यार्थीहरूको भविष्य निर्माणमा निरन्तर सेवा दिँदै आएको छ।
वैदेशिक उच्च शिक्षाका लागि सहज र प्रभावकारी सेवा प्रदान गर्दै आएको यस संस्थाले नेपाली शैक्षिक परामर्श क्षेत्रमा आफ्नो अब्बल स्थान कायम राख्न कुनै कसर बाँकी नराखेको बताइएको छ। ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड’ले नेपाली शैक्षिक परामर्श उद्योगमा थप प्रेरणा दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया