झापा : नेपाल अडिटर्स एसोसिएसन(अडान) झापाको अध्यक्षमा पर्शुराम बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रवार नेपाल अडिटर्स एसोसिएसन झापाको ७ औँ जिल्ला अधिवेशनबाट बुढाथोकीको अध्यक्षमा १५ सदस्यीय समिति चयन भएको हो ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा चिरञ्जीवी नेपाल, सचिव खिवलाल अधिकारी, सह–सचिव बाबुराम पोखरेल, कोषाध्यक्षमा डम्बर बहादुर सुब्बालाई चयन गरेको छ ।
कार्यक्रममा अडानका तृतीय उपाध्यक्ष झलकमणि लम्साल, अडान उपाध्यक्ष पोषराज नेपाल, प्रदिप कुमार यादव, अडानका उप महासचिव हरिबहादुर कार्की, कोषाध्यक्ष बलराम चौधरी, प्रदेश उपाध्यक्ष खडानन्द गुरागाईँ लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले मुलुकको आर्थिक विकासमा लेखा तथा लेखा परीक्षणको महत्त्व, पेसागत दक्षताको अभिवृद्धि एवम् आपसी एकता कायम राख्दै पेसा प्रति उत्तरदायी अनुशासित हुन सदस्यहरूलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया