आचार्य समाज चितवन अधिवेशनको तयारी पुरा

शुक्रबार, ०८ चैत्र २०८१
चितवन : आचार्य बन्धु समाज नेपाल चितवनले चैत ९ गते (भोली) जिल्ला अधिवेशन गर्ने तयारी पुरा भएको जानकारी दिएको छ । समाजका चितवन जिल्ला अध्यक्ष शङ्कर आचार्यले चितवन र वरपरका कौडिन्य गोत्रीय आचार्यहरूलाई समेटेर वंशावली प्रकाशन गरिएको र उक्त वंशावली विमोचन कार्यक्रमसमेत रहेको चितवन सभापति आचार्यले बताए । आचार्य बन्धु समाज नेपाल भरतपुर महानगर सचिव रमेश आचार्यले जिल्ला अधिवेशन तथा वंशावली विमोचनको प्रमुख आतिथ्यता कौडिन्य गोत्रीय महासमाजका केन्द्रीय अध्यक्षसमेत रहेका आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले गर्ने जानकारी दिए । कार्यक्रममा बागमतीका १३ जिल्लाका सभापतिलगायत विशिष्ट बन्धुहरूको उपस्थिति रहने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार