खोटाङ । खोटाङमा घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१ महिनाकी बालिकाको मृत्यु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्ककी अशोक पोखरेल र कुमारी ढुङ्गानाकी छोरी अनुसोया पोखरेल शुक्रबार साँझ खेल्ने क्रममा घरको बार्दलीबाट खसेकी थिइन्।
बाहिरी चोट नदेखिए पनि उनलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल हुँदै काठमाडौं ट्रमा सेन्टर रेफर गरिएको थियो। तर, जयराम पुग्दा राति करिब ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
अनुसोया पोखरेल दम्पतीकी पहिलो र एक्ली सन्तान थिइन्। घटनाका बेला आमा भान्सामा थिइन् भने बुवा काठमाडौंमा बस्दै आएका थिए।
प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ।
प्रतिक्रिया