पाकिस्तान शरणार्थी जीवन त्यागेर स्वदेश फर्किए ८ लाख बढी अफगानी

शनिबार, ०९ चैत्र २०८१
इस्लामवाद : पाकिस्तानमा गैर कानुनी रूपमा बसेका अफगान नागरिकहरूको फिर्ताको प्रक्रिया जारी छ । समाचार अनुसार २० मार्चसम्म ८ लाख भन्दा बढी अफगानीहरूलाई उनीहरूको देश फिर्ता भइसकेका छन् । एक अधिकारीले दिएको जानकारी अनुसार पाकिस्तान सरकारले ३१ मार्चको समय सीमा तोकेको छ, जस अन्तर्गत अवैध रूपमा बस्ने र अफगान नागरिक कार्ड धारकहरूलेसमेत पाकिस्तान छोड्नु पर्नेछ। जस अन्तर्गत पाकिस्तानबाट हालसम्म ८ लाख ७४ हजार २८२ अफगानीलाई फिर्ता पठाइ सकिएको छ । आतंकवादसँग सम्बन्धित चिन्ताका कारण सरकारले यो कदम चालेको हो। पाकिस्तानी अधिकारीले यस प्रक्रियामा कसैलाई पनि दुर्व्यवहार नगर्ने आश्वासन दिए। अफगानिस्तान फर्किन लागेका नागरिकका लागि खाना र स्वास्थ्य सुविधाको व्यवस्था पूरा भएको बताए । अधिकारीले तोकिएको समय सीमा पछि पाकिस्तानमा गैर कानुनी रूपमा बस्ने मानिसहरूलाई कडा कानुनी कारबाही गरिनेसमेत जनाएका छन् । यसैबिच, अफगानिस्तानका विदेश मन्त्री आमिर खान मुत्ताकीले पनि गत बिहीबार पाकिस्तानलगायत विश्वका अन्य देशका अफगान शरणार्थीहरूलाई क्रमशः स्वदेश फिर्ता गर्न आह्वान गरिसकेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार