काठमाडौं । सरकारले सातजना प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
आज गृह मन्त्रालयले १३ जना कर्मचारीको सरूवा तथा पदस्थापन गरेको हो। जसमध्ये सातजना सीडिओ हेरफेर भएका हुन् ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा पठाइएको छ । कपिलवस्तुका विश्वप्रकाश अर्याललाई गृहमन्त्रालयमा ल्याइएको छ।
सुर्खेतका सीडीओ शंकरहरि आचार्यलाई गृहमा ल्याइएको छ । उदयपुरका सीडीओ जगदिश्वर उपाध्यायलाई पर्वतको सीडीओमा सरुवा गरिएको छ । गृहमा रहेका भविश्वर पाण्डेलाई पूर्वी नवलपरासीमा पठाइएको छ ।
प्रतिक्रिया