अस्पताल लगिएको थुनुवा फरार

शनिबार, २५ चैत्र २०७९
जनकपुरधाम । प्रहरीको सुरक्षाबाट महोत्तरीको एक थुनुवा फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव जनकपुरधामस्थित एक अस्पतालको शौचालयबाट फरार भएका छन् । थुनुवा यादव अस्पतालको शौचालयको झ्याल फोडेर फरार भएका हुन् । यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या हस्पिटल ल्याइएकोमा अस्पतालको शौचालय कक्षको झ्याल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार