मधेश प्रदेशमा अवैध ढङ्गले भित्रिने सेतो अण्डा नष्ट गर्ने अभियानमा सशस्त्र प्रहरी

विहीबार, १४ चैत्र २०८१
जनकपुर । मधेस प्रदेशमा सशस्त्र प्रहरीले अवैध रूपमा आयात भएका सेतो अण्डा बरामद गरी नष्ट गर्ने अभियान तीव्र बनाएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रूपमा भित्रिने अण्डा, चल्ला, कुखुरा, मासु, क्रेट, कार्टुन र भ्याक्सिन नियन्त्रण गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएपछि अभियान सक्रिय बनेको हो। सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीका अनुसार प्रदेशका आठै जिल्लामा दैनिक रूपमा सेतो अण्डा बरामद गरी नष्ट गरिँदैछ। हिजो (बुधवार) मात्र सिरहा, सर्लाही र रौतहटबाट ९६ क्यारेट अण्डा नष्ट गरिएको छ। भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थले व्यवसायमा असर पार्ने र बर्डफ्लुको जोखिम बढाउने भन्दै नेपाल लेयर्स कुखुरा पालक संघले मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार