सप्तरी / सप्तरीमा ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु भएको छ ।बोदेबर्साइन नगरपालिका बस्ने ५५ वर्षीय छठु महतोको शनिबार दिउँसो मृत्यु भएको हो भने उनलाई गत पुस ११ ज्वाइँले कुटपिट गरेका थिए ।
घरासयी विवाद हुँदा भएको कुटपिटमा उनको नाक, मुख टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । घाइते भएका उनलाई अस्पतालमा उपचार गरेर स्वास्थ्यमा सुधार भएपछि घर ल्याइएको थियो ।घरमै औषधी खाइरहेकोमा उनको हिजो दिउँसो २ बजे उनको मृत्यु भएको हो ।
प्रतिक्रिया