फिफा विश्वकप : अन्तिम १६ का दुई खेल हुँदै

सोमबार, १९ मंसिर २०७९
कतारमा जारी फिफा विश्वकप २०२२ प्रि–क्वाटरफाइनलका खेल चलिरहेको छ । नेदरल्यानड,अर्जेन्टिना, फ्रान्स र इंग्ल्याण्ड अन्तिम ८ मा प्रवेश गरिसकेका छन् । अन्तिम १६ को खेलमा नेदरल्यान्डले अमेरिका, अर्जेन्टिनाले अष्ट्रेलिया, फ्रान्सले पोल्याण्ड र इंग्ल्याण्डले सेनेगललाई पराजित गर्दै अन्तिम आठको बाटो पक्का गरेका हुन् । यसैबिच आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार