काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।
करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।
अन्तिम दिन असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि मच्छेन्द्रबहालमा ल्याएर रथयात्रा सम्पन्न हुन्छ ।
शनिबार पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पु¥याइएको छ ।
आइतवार अर्थात् दोस्रो दिन असनबाट हनुमान ढोका अगाडिसम्म र तेस्रो दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट पुनः रथयात्रा लगनटोलस्थित मच्छेन्द्रबहालमा ल्याएर रथयात्रा सम्पन्न हुन्छ ।
प्रतिक्रिया