सुनसरीमा एक वर्षको अवधिमा २१ बालिका बलात्कृत

शुक्रबार, ०४ पुस २०८२
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व वार्षिक समिक्षा कार्यक्रम

इनरुवा : सुनसरी जिल्लामा विगत एक वर्षको अवधिमा २१ जना बालिकाहरू बलात्कृत भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको इन्सेकको अभिलेखीकरण अनुसार सुनसरीमा २०८१ साल पौष १७ गते देखि २०८२ मङ्सिर २९ गते सम्म २१ जना बालिका बलात्कृत भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । 

हरेक वर्ष इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवले जिल्लामा एक वर्षको अवधिमा २१ जना बालिका बलात्कृत भएको जानकारी गराएका हुन । त्यसैगरी महिला बलात्कारका घटना १० वटा जेन्जी आन्दोलनमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु , घाइते ७ गिरफ्तार १५ जना, प्रहरी घाइते १२ जना, हाडनाता करणी तथा बाल यौन दुर्व्यवहार ७, बलात्कार उद्योग १५ वटा, पत्रकार माथि कुटपिट दुर्व्यवहार घटना ४, कर्मचारीमाथि कुटपिट २ अन्य पक्षले गोली हानी हत्या १  विद्यार्थीलाई यातना २ भएको उल्लेख गरिएको छ ।

बाँच्न पाउने अधिकार अन्तरगत अन्य तथा परिवारबाट हत्या १०, वालिका अपहरण १  अपहरण तथा शरीर बन्धकका घटना २ , साइबर अपराधका २ वटा घटना भएको छ । यस वर्ष विभिन्न घटनामा ११८ जना पीडित भएका छन । इन्सेक वर्ष पुस्तकको पूर्व समीक्षामा इन्सेकका तर्फबाट जानकारी गराइएको हो । कारागारमा मृत्यु ५ वटा समीक्षा कार्यक्रममा इन्सेकको अभिलेखनमा जेनजी आन्दोलनका क्रममा भएका सरकारी तथा व्यक्तिगत सम्पत्तिमा भएको आगजनी तथा तोडफोड समेत समावेश गरिएको छ । 


समीक्षा कार्यक्रममा प्रस्तुत गरेको विवरणमा अधिवक्ता सुकदेव चौधरी, पत्रकार अजित झा लगायतले नागरिकको सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकारको सवाल अझ प्रभावकारी रूपमा उठाउनु पर्ने सुझाव दिएका थिए । समीक्षा कार्यक्रम फ्यान जिल्ला सल्लाहकार सत्य नारायण मेहताको अध्यक्षता र इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, उपप्रमुख विनीता कुमारी मेहता, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक प्रकाश पराजुली सहितको उपस्थितमा भएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार