कालोपत्रे सडकमा ‘बिस्कुन’, दुर्घटनाको जोखिम बढ्यो

शुक्रबार, १९ बैशाख २०८२

रौतहट : स्थानीय तहको सरकारसँगै गाउँ गाउँका अधिकास स्थानमा कालोपत्रे सडक पुगिसकेको छ । तर सो कालोपत्रे सडकमा अहिले हिँड्दा दुर्घटनाको सम्भावना बढेको छ ।

हिजोआज रौतहटको वृन्दावन, सन्तपुर, बालचनपुर, चन्द्रपुर, जुडीबेला, समनपुर लगायतका क्षेत्रमा किसानहरू सडकमा मकैको बिस्कुन (छिल्का) तथा मकैका भुट्टा समेत फिँजाएर सुकाउने गरेको पाइन्छ ।

जसका कारण उक्त सडकमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको वृन्दावन नगरपालिकाको वार्ड नं. ३  रामनरेश पटेलले बताए । सडकमा अन्नबाली सुकाउँदा विशेष गरी साँझको समयमा सवारी दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ ।

गाउँ घरमा अहिले प्रायः सबैले कालोपत्रे सडकमा नै मकैको बिस्कुन लगाउने गरेकाले सडकमा सवारी चलाउन समेत गाह्रो हुने गरेको उनले बताए । सडकमा मकै सुकाउँदा केही स्थानमा त आधा सडक नै ढाकिएको देखिन्छ उनले भने ।

यसतर्फ कसैले चासो नदिएको उनको आरोप छ । मकै खेत छेउकै सडकमा सुकाएर केही कृषकले स्थानीय व्यापारीलाई मकै बिक्री गर्ने गरेका छन् । कालोपत्रे सडकमा चाडै मकै सुक्ने र सहज हुने स्थानीय कृषक रामभरोसी साहले बताए । 

सडकमा घाम राम्रो लाग्ने र ढुवानी खर्च पनि नलाग्ने र गुन्द्री, त्रिपाल पनि आवश्यक नपर्ने उनले बताए । खेतमा उत्पादन भएको मकै राम्रोसँग सुकाउन सजिलो हुने भएकाले सडकमा नै सुकाउने गरिएको हो उनले भने ।

सडकमै अन्न सुकाउने कार्यले सडक दुर्घटना हुन सक्ने भएकाले सो कार्य नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार