दमक/ झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले क्वार्टरमै एक महिलासँग मदिराको नसामा मस्त रहेको भिडियो सार्वजनिक भएको छ ।अहिले उनको त्यो भिडियाे सामाजिक संजालहरुमा भाइरल भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वाटरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको हो ।
भिडियोमा निरौला र महिला दुबै मदिराको नशामा लठ्ठ रहेको देखिन्छ भने महिलाले टिकटकमा कसैसँग लाइभ कुराकानी गरेको देखिन्छ । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ ।
भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपकालिकाका कर्मचारीले बताएका छन् ।
क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनको विरोध सुरु भएको छ । निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरेका छन् ।
काठमाडौंमा जन्मदिन मनाउँदाको भिडियो भएको दावी गर्दै उनले धेरैजना ग्रुपमा हुँदाको भिडियो कसरी बाहिरियो आफू पनि अच्चमित रहेको जिकिर गरे । निरौला यस अघि पनि यस्ता खाले केही कान्डमा मुछिदै आएका थिए ।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । भिडियोले दमक नगरपालिकाकै बद्नाम भएको उनको भनाइ छ । दमकका मेयर राम थापाले भने प्रसासकिय अधिकृत निरौलाको बचाउ गर्दै आफूलाइ यस बारे जानकारी नभएको प्रतिक्रिया दिएका छ्न ।
Discussion about this post