इलाम, असोज : इलामको सन्दकपुर गाउँपालिका स्थित तालगाउँमा अत्रिश्वर शिव पाञ्चायन मन्दिर निर्माण थालिएको छ । मन्दिर सहति ४२ फिट अग्लो भगवान शिवको प्रतिमा समेत बनाउने तयारी गरिएको मन्दिर निर्माण समितिले जानकारी दिएको छ ।
स्थानीय र विभिन्न क्षेत्रका दाताहरुको सहयोगबाट संकलित करिव १२ लाखको लागतमा मन्दिर निर्माण भएको हो । यहाँ भगवान शिवको प्रतिमा समेत राख्ने तयारी भएको निर्माण समितिका संयोजक गोपाल खतिवडाले जानकारी दिए । उनका अनुसार मन्दिरको आउने २८ गते उद्घाटन हुने छ । सोही दिनदेखी नवदुर्गाको पुजा लगाउने तयारी समेत गरिएको छ ।
स्थानिय मन्दिर निर्माणका लागि श्रमदानमा समेत जुट्ने गरेका छन् ।
मन्दिरलाई साँस्कृतिक संग्रहालयको रुपमा निर्माण गर्न स्थानिय बासिन्दाले श्रमदान थालेका छन् । मन्दिर निर्माणका लागि अविरत्न स्मृति प्रतिष्ठानका सदस्यहरुले दुइ रोपनी जग्गा दान गरेका छन् ।
अन्य बिभिन्न ब्यक्ति र संघसंस्थाबाट समेत रकम जुट्ने गरेको छ ।
स्थातिय तह र प्रदेश सांसदहरुले समेत अवलोकन गरिसकेकाले रकम प्राप्त हुने अपेक्षा रहेको निर्माण समितिले बताएको छ ।
Discussion about this post