इलाम असोज : इलामबाट कामका लागि भारतको सिक्कममा भएका नेपाली बेपत्ता भएको बिषयमा जिल्ला प्रशासन कार्यालय इलामले भारतिय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतिय सुरक्षा अधिकारीलाई जानकारी सहित खोजीका लागि अपिल गरेको जानकारी दिए ।
भारतिय पक्षले सम्पर्क बिहिन भएका नेपालीहरु रहेको स्थानमा बाढी नगएको भन्दै भारतिय सुरक्षा अधिकारीबाट जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिए ।
तर सो क्षेत्रमा रहेका इन्टरनेट, फोन लगायतका सञ्चार साधन कुनै पनि सञ्चालनमा नरहेकाले बेपत्ता भएको हुन सक्ने आंकलन गरिएको जानकारी आएको बताइएको छ ।
गत असोज १६ देखि सिक्किमबाट सम्पर्कमा नरहेको बताइएको छ । असोज १७ गते टिस्टा नदीमा आएको बाढीले सो क्षेत्रमा रहेका सञ्चारसाधन सहित ठुलो नोक्सानी गरेको थियो ।
इलाम नगरपालिका–९ का स्थानिय सहित सो क्षेत्रमा काम गर्न गएका नेपालीहरु परिवार सहित सम्पर्कमा नरहेको बताइएको छ ।
इलाम नगरपालिका–९ का सानु भनिने सेन बहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेत लगायत सम्पर्कमा छैनन् ।
भारतिय सुरक्षा निकायबाट सो क्षेत्रमा बुझेर नेपालतर्फ खबर गर्ने समेत जानकारी गराउने समेत जानकारी आएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए ।
नेपालीहरु सिक्किमको उत्तरी क्षेत्र लाचेन भन्ने ठाउँमा काम गर्ने गरेको बताइएको छ ।
Discussion about this post