इलाम असोज : जमाना प्रविधिको हो । सरकारी कार्यालयहरु जमाना अनुसार चल्न नसकेको गुनाशो हुने गरेको छ । तर जिल्ला प्रशासन कार्यालय इलामले क्युआर कोड मार्फत सेवाग्राहीको सुझाव लिन सुरु गरेको छ ।
आजबाट जिल्ला प्रशासन कार्यालय इलामले कार्यालयले प्रदान गर्ने सेवा, गर्नुपर्ने सुधार लगायतमा सेवाग्राहीको सुझाव लिन सुरु गरेको हो ।
कार्यालयले सेवा प्रवाहका बारेमा नागरिकहरुको धारणा, सन्तुस्टिको स्तर र सुझाव सल्लाह र सुझाव लिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । सेवा प्रवाहमा सरकारी कार्यालय समेत अब्बल बन्नुपर्ने भन्दै कार्यालयले क्युआर कोडको अभ्यास शुरु गरेको उनले बताए ।
सेवाग्राहीले आफ्नै मोबाइलबाट क्यु आर कोड स्क्यान गरि दिइएका प्रश्नमा गइ आफ्ना धारणा ब्यक्त गर्न पाउँनेछन् ।
क्युआर मार्फत कार्यालयबाट प्रबाहहुने सेवाको प्रकार, सेवा प्राप्त गर्न लागेको समय, कर्मचारीको ब्यवहार, अतिरिक्त रकम तिर्नु परे नपरेको अवस्थालार्इ समेटिएको छ ।
कार्यालयबाट सेवा प्राप्त गर्न सकिएन भने त्यस्को कारण समेत जान्न पाएको वा नपाएको सम्मको जानकारी लिन सकिने बताइएको छ । यो कार्य जिल्लाकै लागि पहिलो अध्यास हो ।
Discussion about this post