धनकुटा बस दुर्घटना अपडेट : ज्यान गुमाउने तीन पुगे, दुई अझै गम्भीर

मंगलबार, २३ बैशाख २०८२

धनकुटा : कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका ६ स्थित गोठगाउँमा सोमबार भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ  । 

प्रहरीका अनुसार धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । 

दुर्घटनामा परी सुनसरी धरान उपमहानगरपालिका १३ का ५१ वर्षीय बस चालक रुद्र तामाङ, भोजपुर नगरपालिका ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको हो ।

घटनास्थलमै राईको ज्यान गएको हो भने तामाङ र श्रेष्ठको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ज्यान गएको भएको धनकुटा प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ११ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूलाई उपचारका लागि धरान पठाइएको छ ।


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार