व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ

मंगलबार, २३ बैशाख २०८२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी भएको बताएकी छिन्  ।

मङ्गलवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैर कानुनी रूपमा रेशमको गिरफ्तारी गरेको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिन् ।

उनले भनिन्,‘वैशाख १७ गते पार्टी एकताको कार्यक्रम सुरु हुनु अघि नै कार्यक्रम स्थलबाट एउटा कर्मचारीको व्यक्तिगत आक्रोशका आधारमा कानुनी प्रक्रिया पूरा नगरी रेशम चौधरीको गैर कानुनी गिरफ्तार भयो । यसले सङ्घीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट पुगेको छ । म प्रश्न गर्न चाहन्छु कसरी एक जना नेता कार्यक्रम स्थलबाट यस्तो तवरले पक्राउ पर्छन् । यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’ 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार