उज्बेकिस्तानसँग ऐतिहासिक जितको खोजीमा नेपाली महिला टिम, प्रधानमन्त्रीले दिए शुभकामना

शनिबार, २१ असार २०८२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुुभकामना दिएका छन् । 

श्रीलङ्काको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास, बालुुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुुभकामना दिएका हुन् । 

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले पहिलो खेलमा लाओस र दोस्रो खेलमा श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

महिला टिम उज्बेकिस्तानसँग ऐतिहासिक जितको खोजीमा समेत हुने छ । नतिजा सकारात्मक आएमा विजेता बनेर एसियन कपमा छनौट समेत हुने छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार