विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ४ गते बर्खे (सातौँ) अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङसमक्ष अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए।
यसैबीच, बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीमाथि प्रदेश लोकसेवा आयोगसँग परामर्श माग्ने निर्णय पनि गरेको छ।
त्यस्तै, सुनसरीको कोशी गाउँपालिका केन्द्र हेरफेरका लागि नेपाल सरकारलाई सिफारिस गर्ने र कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०८२ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।
साथै, मन्त्रिपरिषद बैठकले हालै सम्पन्न प्रदेश लगानी सम्मेलन सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया