करेन्ट लागेर उदयपुरका एक युवकको ज्यान गयो

मंगलबार, २० मंसिर २०७९
उदयपुरको कटारी नगरपालिका २ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी २ का ३० वर्षीय दिलकुमार थापा मगर रहेका छन् । आफ्नै घरको छतमा तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको प्रहरीले पुष्टि गरेको छ । करेन्ट लागेर घाइते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मानिसलाई करेन्ट लाग्यो

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार