काठमाडौं: नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया तीव्र पारिएको छ।
मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा अर्थ मन्त्रालयमा बसेको गभर्नर सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ।
सूचनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रा.डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने सहमति भइसकेको छ।
यससँगै गभर्नर सिफारिस प्रक्रिया अन्तिम चरणमा पुगेको देखिन्छ।
सिफारिस समितिमा अर्थमन्त्री पौडेलसँगै पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्यका रूपमा रहेका छन्।
हाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ गतेदेखि रिक्त छ। तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भएपछि डेपुटी गभर्नर नीलम ढुंगानाले कायममुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छन्।
प्रतिक्रिया