मोरङ : मोरङको बेलबारी नगरपालिका २ लालभित्तीमा शंकास्पद वस्तु फेला परेको छ ।
टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको अवस्थामा बमजस्तो देखिने शंकास्पद वस्तु आइतबार बिहान ८ः३० बजेतिर फेला परेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको बताए । उनका अनुसार मानिसको आवतजावत बन्द गरेर उक्त स्थानलाई प्रहरीले सुरक्षित राखेको छ ।
नेपाली सेनाले उक्त वस्तु डिस्पोजको तयारी गरेको छ । सबैतिरको सुरक्षा व्यवस्था कडा पारिएका कारण ढुक्क भएर मतदान गर्न उनको आग्रह छ ।
प्रतिक्रिया