सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन

मंगलबार, १६ बैशाख २०८२

काठमाडौँ : सरकार र आन्दोलनरत शिक्षकहरूबिच भएको वार्ता मङ्गलवार पनि निष्कर्षविहीन भएको छ ।  रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो ।

 वार्ता सकिएपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए पनि थप बोलेनन् । उनले भने, ‘हामी शिक्षकहरूसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुङ्ग्याउन प्रयत्न गर्छौँ ।’ 

यसअघि सोमबार भएको वार्ता पनि निष्कर्षविहीन बनेको थियो । 

शिक्षा ऐन लगायतका माग राख्दै देशभरका शिक्षकहरू २८ दिनदेखि सामुदायिक विद्यालयहरू बन्द गरेर आन्दोलनमा उत्रेका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार