वाइसिएल कोशी प्रदेशको अध्यक्षमा विक्रमबाबु फियाक निर्वाचित

विहीबार, ०८ जेठ २०८२

इटहरी : इटहरीमा बिहीबार सम्पन्न वाइसिएल नेपाल कोशी प्रदेशको प्रथम सम्मेलनबाट विक्रमबाबु फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

कार्यक्रममा उपाध्यक्षमा दिलविक्रम लिम्बू र टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, ईश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाईली, र कोषाध्यक्षमा युवराज राई चयन भएका छन्।

साथै ६४ सदस्यीय कार्यसमितिमा विभिन्न प्रतिनिधिहरू पनि समावेश छन्, जसमा कुलबहादुर राई, पूर्णिमाया तामाङ, रञ्जना तामाङ, डोलबहादुर सुनुवार, पुष्पबहादुर उप्रेती, सन्तोष पयाङ्गु, लालबहादुर पौडेल, रमेश राई, सुमन अधिकारी लगायत रहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार